१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ जुवाडे पक्राउ



अ+ अ-

लहान । जुवा खेलिरहेको अवस्थामा गए राति सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजानिक गरेको छैन । जुवाखालबाट कौडा १६ थान, रु तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको रु चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय  लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।