१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले देखेको सपना साकार हुनेदिशातर्फ अगाडि बढिरहेको छ: मुख्यमन्त्री पौडेल



file
अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताएका छन् । उनले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग (भीमफेदीबाट कुलेखानी)को लागि परामर्श सेवाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जानकारी दिँदै उक्त कुरा बताएका हुन् । पौडेलले सन्देशमार्फत प्रदेश राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन् ।

“यस मार्गको निर्माण नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुन्छ भन्ने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको हो, सुरुङमार्ग निर्माणपछि हेटौँडा काठमाडौँको यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्राअवधि तथा आर्थिक बचतसमेत गराउने हाम्रो विश्वास छ”, पौडेलले भनेका छन् ।
 
“सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने कुरामा हामी विश्वस्त छौँ”, मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।