१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनासँग भिड्दै जिउने कला सिकौँः मन्त्री घिमिरे



अ+ अ-

झापा । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हरेक नागरिकले जीवनशैलीमा परिवर्तन गर्दै कोरोनासँग भिड्दै, लड्दै जीवन जिउने कला सिक्नुपर्ने बताएका छन् । उनले भारतसँग खुला सिमाना जोडिएका कारण प्रदेश नं १ कोरोनाको उच्च जोखिममा रहेको जनाउँदै सरकारको प्रयत्नले मात्र कोरोनालाई परास्त गर्न नसकिने बताए ।
 
झापाको विर्तामोडमा मङ्लबार लीला कट्टेल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘परिवर्तनका पाइलाहरु’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले जीवन शैलीमा परिवर्तन ल्याउन जनसमुदायलाई आह्वान गरे । मन्त्री घिमिरेले सरकारले कोभिड–१९ नियन्त्रणका लागि अनेकौँ उपाय अपनाउँदासमेत समस्यामा कमी नआएको बताउँदै भने, “अब व्यक्तिले नै म कसरी बाँच्ने र मेरो परिवार, समुदायलाई कोभिड–१९ बाट कसरी जोगाउने भन्नेबारेमा लाग्न जरुरी छ ।”

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध झापाबाट पहिलो भूमिगत महिलाका रूपमा सहभागी भई आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुहुने स्व लीला कट्टेलको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध अग्रज महिलाहरुले सो प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानले जिल्लाका १५ पालिकामा नेतृत्व गर्ने महिला जनप्रतिनिधिको परिचयलाई समेटेर पुस्तक प्रकाशन गरेको छ । 

प्रतिष्ठानका अध्यक्ष सङ्घीय सांसद पवित्रा निरौला खरेलले यस पुस्तकले सम्पूर्ण महिलालाई र भावी पुस्ताका महिलालाई उत्प्रेरणा प्रदान गर्ने आशा र अपेक्षा लिएको बताए । कट्टेलकै सहयोद्धा तथा संविधानसभा सदस्य नरेश खरेलले स्वार्थबाट प्रेरित भएको मान्छेले समाज परिवर्तन गर्न नसक्ने बताए ।