१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेजीका लागि सिफारिस



अ+ अ-

कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई वर्षसम्म सदस्यता नवीकरणका लागि महासङ्घको सम्पर्कमा नआएका सदस्यको सदस्यता खारेजका लागि पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

महासङ्घमा शुद्धीकरणको चर्चा चलिरहेका बेला महासङ्घले विधानअनुरूप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यको सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यावाहक अध्यक्ष उपाध्यायले जानकारी दिए । 

“आगामी बैठकबाट निष्क्रिय, विदेशिएका, निर्वाचित जनप्रतिनिधि र सरकारी जागिरमा रहेका सदस्यको पनि सदस्यता खारेजीका लागि पहल गर्नेछौँ”, उनले भने । विसं २०५३ मा स्थापना भएको महासङ्घ कञ्चनपुरमा २६० साधारण सदस्य छन् । त्यसमध्ये ३३ जनाको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ ।