२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको विजेताले किन सेतो ब्लेजर लगाउँछन् ?



अ+ अ-

काठमाडौँ । दुबईमा आइतबार भएको खेलमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले हराउँदै तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जित्यो । पदक समारोहमा खेलाडीसँगै सेतो ब्लेजरले पनि सबैको ध्यान तान्यो ।

तर, च्याम्पियन भारतले किन लगायो सेतो ब्लेजर ? यसबारे सबैको चासो हुन सक्छ । यसबारे यहाँ चर्चा गरौँ । यो सम्मानको प्रतीक हो, जुन उत्कृष्ट एकदिवसीय टोलीलाई दिइन्छ ।

च्याम्पियन्स ट्रफीमा विश्वका उत्कृष्ट ८ टोली सहभागी हुन्छन् । विजेताले सेतो ब्लेजर लगाउँछ । आईसीसीका अनुसार यो ज्याकेट उत्कृष्टताको प्रतीक हो, जसले आगामी पुस्तालाई प्रेरणा दिन्छ ।

यो पहिलो पटक २००९ सिजनमा च्याम्पियन बनेको अस्ट्रेलियाली टोलीले लगाएको थियो । अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो उपाधि जितेको थियो ।

यो सेतो ब्लेजर मुम्बईकी फेसन डिजाइनर बबिता एम द्वारा डिजाइन गरिएको हो । ज्याकेट इटालियन ऊन, सुनको ब्रान्डिङ र च्याम्पियन्स ट्रफीको लोगोसहितको सुनको कढाईबाट बनेको छ ।

पाकिस्तानका पूर्व क्रिकेटर वासिम अक्रमले जनवरी १४ मा सेतो ब्लेजर लन्च गरेका थिए । उनले यसलाई प्रतिभा र विरासतको प्रतीकको रूपमा पनि वर्णन गरे । उनले भने, ‘सेतो ज्याकेटले उच्च स्तरमा खेलेका खेलाडीलाई सम्मान गर्दै उनीहरुमा उत्साह पैदा गर्छ ।’