२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक गरेको छ ।

क्यानले बुधबार सार्वजनिक गरेको ग्रेडिङ अनुसार, ग्रेड ‘ए’मा राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर परेका छन् ।

सिनियर टिमकी कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र पूर्व कप्तान सीता राना मगर ग्रेड ए मा छन् । यसअघि ग्रेड सी मा रहेकी पुजा फड्को मार्दै ए मा पुगेकी हुन् । उनकै कप्तानीमा नेपालको यू १९ महिला टोलीले पहिलो पटक आईसीसी यू१९ महिला क्रिकेट विश्वकप खेलेको थियो ।

यस्तै, ग्रेड ‘बी’ मा कविता जोशी पर्दा ग्रेड ‘सी’मा कविता कुँवर र सम्झना खड्का परेका छन् । यसअघि ग्रेड ‘बी’ मा रहेकी कुँवर घटुवा हुँदै ग्रेड ‘सी’मा झरेकी हुन् ।

यसैगरी, ग्रेड ‘डी’मा विन्दु रावल, अलिशा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा विष्ट, ज्योत्सिना मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय परेका छन् ।

क्यानका अनुसार ग्रेड ए मा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छन् भने बी ले ३५ हजार, सीले २५ हजार, डीले २० हजार तलब पाउनेछन् । ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ क्यानले जनाएको छ ।