१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्यसरी होओस् मरण …



अ+ अ-

काठमाडाैंः

आजै र राती के देखे सपनी मै म मरि गएको

बतास दिनु हाँगाको फूल भूँई झरी गएको

१०१ वर्षको उमेरमा मंगलबार साँझ साढे ५ बजे तीर दक्षिणमा सूर्य अस्ताउँदै गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे पनि अनन्त यात्रमा बिलिन हुनु भयो ।

राष्ट्रकविले मृत्युका बारेमा पटक पटक श्रृजना मार्फत अनूभूति गर्नुभयो । यतिसम्म कि आफ्नो मरणलाई उत्सवका रुपमा लिँदै गीत नै तयार पार्नुभएकाे थियाे । २०१६ असोज १ गते किन्नर किन्नरी पुस्तकमा समेटिएको गीत पहिल्यै तयार भएपनि राष्ट्रकवि घिमिरेले आफ्नो मृत्युपछि मात्र बजाउन अनुमति दिनु भएको थियो ।

सेताेपाटी अनलाईनले सार्वजनिक गरेको गीत राष्ट्रकविकै परिकल्पनामा आधारित रहेर आशीष अविरलले संगीत भरेका छन् भने लोकप्रिय गायक कर्ण दासले गाएका छन् ।

राष्ट्रकवि आफ्नी जेठी छोरी शान्ति शर्मा अधिकारीलाई भनेका थिए, ‘यो गीत तिमीहरू संगीतबद्ध गरेर राख्नू । मलाई सुनाउनु पनि पर्दैन । जब मेरो मृत्यु हुन्छ, त्यसपछि यसलाई सार्वजनिक गर्नू।’ भन्दै सेतोपाटीले उल्लेख गरेको छ ।

 

गीत यस्तो रहेको छ ।

त्यसरी होओस् मरण

जसरी सुत्छन् तारमा गीतका चारु चरण

हिमालचुली देशमा, दिनको शान्त भेषमा

जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण

त्यसरी होओस् मरण ।।

 

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

विहानीपख रातको, कुसुम पारिजातको

जसरी जान्छ झरेर, भुइँमा विनापवन

त्यसरी होओस् मरण ।।

 

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन

बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा

जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण

त्यसरी होओस् मरण ।।

 

अमरापुरी सभामा आफैंलाई गरूँ वरण

त्यसरी होओस् मरण ।।