१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार एकै दिन थपिए कोरोनाका हजार बढी संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । पीसीआर विधिबाट भएका १३ हजार ७ सय ६१ परीक्षणमा १ हजार १६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

आज ८५ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय १३, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ४२, बागमती प्रदेशमा ७ सय १८ र गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ११ गरी आजसम्म १७ हजार ५ सय ८० जना संक्रमित निको भएर घर फर्किएका छन ।

आज देशभरी आइसोलेसनमा १० हजार ५ सय ६३ जना संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ९ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ७६, बागमती प्रदेशमा २ हजार ५ सय १४ र गण्डकी प्रदेशमा २ सय ७९ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ७९, कर्णाली प्रदेशमा २ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

प्रदेश नम्बर १ मा १ सय ९७, प्रदेश नम्बर २ मा २ हजार ३ सय ४९, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ७०, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा २५ गरी २ हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेका छन ।

आज देशभरीका क्वारेन्टिनमा १३ हजार ९ सय २६ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार १ सय १५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८३, बागमती प्रदेशमा ८ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ९ सय ७३ जना क्वारेन्टिनमा रहेका छन । यस्त प्रदेश नम्बर ५ मा २ हजार ९०, कर्णाली प्रदेशमा ६ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९६ जना क्वारेन्टिनमा छन ।