१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी !



अ+ अ-

काठमाडौं। पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसका संक्रमितहरु निकै बढेपछि सरकारले निषेधाज्ञाको तयारी गरेको छ । सरकारले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुलाई आवश्यक निर्णय गरेर निषेधाज्ञा लगाउन निर्देशन दिइसकेको छ। यसबारेको जानकारी केही बेरमा सरकारले दिने जनाइएको छ । 

सरकारले भने काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञाको आदेश जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको बताइएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरुले आवश्यकता मूल्यांकन गरी आज राति वा भोलि बिहानबाट नै निषेधाज्ञा लगाउने तयारी गरिरकेको बुझिएको छ।

केहीले भोलि बुबाको मुख हेर्ने औँशी पारेकोले भोलि एक दिनका लागि जारी गर्न नहुने बताएका छन् भने सरकारले भने यही कारणले मानिसहरुको ओहोरदोहोर बढ्दा झनै समस्या हुने भएकोले आजै रातिदेखि नै निषेधाज्ञाको आदेश जारी जारी गर्नुपर्ने तर्क राखेका छन् । 

यो आदे्श जारी भएपछि अत्यावश्यक नपरी बाहिर निस्कन पाइने छैन। यो आदेश एक प्रकारको कर्फ्यु जस्तै हुने बताइएको छ ।