२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान



अ+ अ-

एजेन्सी । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहीबार चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान गरेको छ ।

“चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ”, वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ्गकियानले साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो, “तर कुनै पनि प्रकारको सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ, धम्की र डर देखाउनाले मात्र प्रतिकूल परिणाम ल्याउन सक्छ । संयुक्त राज्य अमेरिका र चीनले संवाद र परामर्शमार्फत समस्याहरू समाधान गर्ने सही मार्गमा फर्कन…सँगै काम गर्नेछन् भन्ने आशा गरिएको छ ।”

जनवरीमा पुनः पदभार ग्रहण गरेयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक फेन्टानिल र सम्बन्धित पूर्ववर्ती रसायनहरूको प्रवाह रोक्न असफल भएको भन्दै चीन, क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापारिक साझेदारहरूमा भन्सार शुल्क लगाउनुभएको छ ।

यस महिना ट्रम्पले चिनियाँ उत्पादनहरूमा लगाउनुभएको १० प्रतिशतको सामान्य भन्सारलाई बढाएर २० प्रतिशत पुर्‍याउनुभएको थियो ।

बेइजिङले यसको जवाफमा सोयाबिन, सुँगुरको मासु र कुखुरासहितका अमेरिकी कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म कर लगाएको छ ।

विश्वको शीर्ष इस्पात उत्पादक चीनले पनि बुधबार इस्पात र एल्युमिनियम आयातमा अलग–अलग नयाँ अमेरिकी भन्सार शुल्कको प्रतिक्रियामा आफ्नो हितको रक्षा गर्न ‘सबै आवश्यक उपायहरू’ गर्ने प्रतिबद्धता जनाएको छ ।