१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई प्रहरी निलम्बित



अ+ अ-

सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

उनीहरुले बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंँग रकम लिएको उजूरी परेको र आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारी साथ निर्वाह नगरेको जनाउँदै निलम्बन गरिएको कार्यालयले जनाएको छ । निलम्बित प्रहरीलाई सोधपुछ गर्दा  रकम लिएको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा निजहरुमाथि थप छानबिन गर्न समिति गठन गरेको  जनाइएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत ९प्रहरी निरीक्षक० रोशन थापाले आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत पाँच प्रहरी  घुस लिएपछि निलम्बनमा परेका थिए । सेवाग्राहीसंँग आर्थिक प्रलोभनमा पर्ने एक  प्रहरी निरीक्षकसहित १३ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५  प्रहरी कर्मचारी पुरस्कृत भइसकेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।