२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती



अ+ अ-

घोराही । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएको छ ।

स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्नुहुन्छ । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिनुभएका २६ वर्षे उहाँले गत वर्ष मात्रै रु १८ लाख बराबरको स्ट्रबेरीको कारोबार भएको बताउनुभयो । “गत वर्ष रु ११ लाख त बचत नै भयो”, उहाँले भन्नुभयो, “अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।” उहाँका अनुसार यस वर्ष हालसम्म रु चार लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ ।

साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गर्नुभएको हो । उहाँले स्ट्रबेरी प्रतिकिलो खुद्रामा रु सात सय र थोकमा रु पाँच सयमा बिक्री भइरहेको बताउनुभयो । उहाँले स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको सुनाउनुभयो ।

किसान साउदले भन्नुभयो, “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।” परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उहाँले बताउनुभयो । घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रुपमा स्ट्रबेरीखेती गर्दै आउनुभएको छ ।

स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ । उहाँले भन्नुभयोे, “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा रु सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।” उहाँका अनुसार कूल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको उहाँले बताउनुभयो ।

“स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येमा पर्छ”, उहाँले भन्नुभयोे, “आज भोलिको समय राम्रो हुन्छ ।” जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको उहाँ बताउनुहुन्छ ।