२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी



अ+ अ-

मोरङ। आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टद्वारा आयोजित प्रतियोगिताको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । ऐतिहासिक जुट मिल खेलमैदानमा आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा क्लबको सहभागिता रहेको ट्रष्टका अध्यक्ष विष्णु डङ्गोलले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरी, फ्युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खोख झिल कटिहार विहार भारत, टिएमसी तालतैलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, प्रदेश नं १ प्रहरी कार्यालय रानी विराटनगर, लालीगुँरास स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् ।

प्रतियोगिताका विजेताले रु एक लाख एक हजार, उपविजेताले रु ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले जितेको थियो ।

आजको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब उदयपुर गाईघाटले प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरीलाई १–० पराजित गरेको छ । सोमबारको खेल पेमा स्पोटिङ क्लब विराटनगर र १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी चैत १० गतेसम्म सञ्चालन हुनेछ । रासस