२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको पुनरागमन जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा ४–२ गोलले हराएको हो । दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाले नतिजा उल्टाउँदै रोमाञ्चक जित निकाल्यो ।

खेलको ४५ औं मिनेटमा युलियन अल्भारेजले र ७० औं मिनेटमा अलेक्जान्डर सोर्लोथले गोल गर्दै घरेलु टोलिलाई दुई गोलको अग्रता दिलाएका थिए । तर, ७२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–२ को अवस्थामा ल्याए ।

७८ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा बार्सिलोनाले दुई गोल गर्यो । लामिने यामल र फेरान टोरेसले व्यक्तिगत दोस्रो तथा टोलिका लागि चौंथो गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए ।

जितसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको २७ खेलबाट ६० अंक छ । एक खेल बढी खेलेको रियल मड्रिड समान अंकका साथ दोस्रो स्थानमा छ भने समान खेलबाट ५६ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ ।