२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट डिस्चार्ज भए एआर रहमान



अ+ अ-

एजेन्सी । ओस्कार अवार्ड विजेता संगीतकार तथा गायक एआर रहमानको स्वास्थ्य आइतबार बिहान अचानक बिग्रिएको थियो ।

छातीमा गहिरो दुखाइ भएपछि उनलाई चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।

आकस्मिक वार्डमा भर्ना भएका एआर रहमानलाई विशेषज्ञ चिकित्सकको टोलीको निरन्तर निगरानीमा राखिएको थियो ।

चेन्नईको अपोलो अस्पतालले एक विज्ञप्ती जारी गर्दै गायकलाई डिहाइड्रेसनको लक्षण देखिएको बताएको छ । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको हो ।

एआर रहमानको पारिवारिक स्रोतले उनी रमजानमा व्रत बसेकाले डिहाइड्रेसनको समस्या भएको बताएको थियो ।

एआर रहमानले २० नोभेम्बर २०२४ मा श्रीमती सायरासँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए । यो जोडीले सन् १९९५ मा एरेन्ज विवाह गरेका थिए, जुन २९ वर्षपछि टुटेको थियो ।

यस विवाहबाट दम्पतीका तीन सन्तान छन् । सम्बन्धविच्छेदको घोषणा लगत्तै सायरा बानोको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो ।

रहमानले फिल्म ‘स्लमडग मिलियनेयर’को ‘जय हो’ गीतका लागि २ ओस्कार अवार्ड पाएका थिए । उनी २ ओस्कार जित्ने पहिलो र एकमात्र भारतीय हुन् । रहमानले २ वटा ग्रामी अवार्ड पनि जितिसकेका छन् ।