२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छः माओवादी सांसद अर्याल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतमा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा उत्पिडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहको बताउनु भयो । उहाँले व्यवस्थाप्रति सबै राजनीतिक दलहरु सचेत हुन जरुरी रहको बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठ्न थालेको भन्दै विचार पुर्याउन सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कार्यकर्ता पाल्ने प्रवृत्तिबाट हामी माथि उठौं । राज्यलाई सम्बोधन गरौं । देशका जनता र पीडाहरुलाई सम्बोधन गरौं । शान्ती प्रक्रिया हामीले अहिलेसम्म टुंगो लगाउन सकेका छैनौं । आन्दोलन र जनयुद्धका घाइते तथा उत्पिडनमा परेकाहरुलाई कतिको हामीले सम्बोधन गर्यौं । सरकारले यसको लिष्ट लिएर आएर हामीले यति काम गर्यौं भनेर कहिले सुनाएको छ । चल्ते चलाते सरकार बनाएको छ फेरि अर्कोले सरकार बनाएको छ । हामी बिग्रियौं । यस्तै हो भने एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ । म सबैलाई सचेत हुन अुनरोध गर्न चाहान्छु । हामीले धेरै व्यवस्था परिवर्तन गरेर संघीयता ल्यायौं अब संघीयतामा पनि सवाल उठाउने कुराहरु आइरहेका छन् । के हामी साच्चिकै संघीयता कार्यान्वयन राम्रोसँग गरिराखेका छौं ।’

उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनैपनि हिसावले हुन नसक्ने समेत उल्लेख गर्नुभयो ।




भर्खरै