२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै, दीपक थापा आईजीपी बन्ने !



अ+ अ-

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बस्ने बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

साँझ बस्ने बैठकले नेपाल प्रहरीको ३१ औं आईजीपीमा दीपक थापालाई नियुक्त गर्ने उच्च स्रोतले बताएको छ ।

आईजीपी बसन्त कुँवरको चैत ५ गतेबाट अनिवार्य अवकाश हुने भएपछि बैठकले ३१ औं आईजीपीका रुपमा थापालाई चयन गर्ने भएको हो । कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट बिदा हुँदैछन् ।

एआईजीहरू थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि आईजीपीको दौडमा थिए ।

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नेतृत्व सम्हालिरहेका थापाले इन्स्पेक्टर दर्जादेखि एआईजीसम्म २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् ।