२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङबाट ४६ विद्यार्थीले एसइई दिने



फोटोः फाइल
अ+ अ-

मनाङ। मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ ।

जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीनवटा पालिकाको बीचमा पर्ने लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ ४१ र ग्रेड वृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुने उहाँले बताउनुभयो ।

नासोँ गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट २१, मनाङ ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट ४, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १४ र लोकप्रियबाटै खुलातर्फ दुई जनाले एसइई दिने छन् । उहाँले प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिने बताउनुभयो ।

यस वर्ष पनि एसइई दिने विद्यार्थी नभएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने नीति अवलम्बन गर्दै भानु मावि तालका प्रधानाध्यापक श्यामकृष्ण पन्तलाई केन्द्राध्यक्ष तोकिँदै छ । उहाँले सबै परीक्षार्थी परीक्षा केन्द्रमा पुगेको जानकारी दिनुभयो ।रासस