२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित



अ+ अ-

काठमाडौँ । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन स्थगित भएको छ ।

सम्पूर्ण तयारी सम्पन्न भइसकेको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीले जानकारी दिए ।

सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ नेकपा (एमाले) निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ ।