२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर



अ+ अ-

दमौली । जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो ।

विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिनुभयो । गाउँको जग्गा बाँझो भएका यहाँ आएर सागसब्जी खेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो, “अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो । गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।” सुरुमा थानकोटमा जग्गा भाडामा लिएर सागसब्जी खेती सुरु गरेको भन्दै उहाँले त्यहाँ गोलभँेडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “खैरेनीटारमा गोलभेँडा उत्पादन भएन । जग्गाको भाडा तिर्ने खर्च पनि जुटाउन गाह्रो भएपछि माटोको परीक्षण र अनुसन्धान गरेँ । त्यहाँको माटो उपयुक्त नरहेको पाएपछि २०७९ सालमा गाउँ फर्किएँ ।”

अहिले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको थापाले जानकारी दिनुभयो । उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको भन्दै उहाँले सिँचाइ अभाव भएकाले ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताउनुभयो ।

दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएको थापाले बताउनुभयो । यहाँ बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन भइरहेका छन् । उहाँले भन्नुभयो, “सागसब्जी कहाँ बिक्री गर्ने भन्ने समस्या छैन । दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।” रासस




भर्खरै