२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर चहल र धनश्रीको ५ वर्षपछि सम्बन्धविच्छेद



अ+ अ-

काठमाडौँ । क्रिकेटर युजवेन्द्र चहल र उनकी श्रीमती धनश्री वर्माको ५ वर्षपछि सम्बन्ध विच्छेद भएको छ । मुम्बईको पारिवारिक अदालतले बिहीबार आफ्नो फैसला सुनायो ।

युजवेन्द्र र धनश्री मुम्बईको पारिवारिक अदालतमा उपस्थित थिए । बम्बे उच्च अदालतले बुधबार पारिवारिक अदालतलाई चहलको याचिकामा मार्च २० मा फैसला सुनाउन आदेश दिएको थियो ।

न्यायाधीश माधव जमदारको एकल इजलासले चहललाई आइपिएलमा सहभागी गराउनु पर्ने भएकाले २१ मार्चदेखि उनी उपलब्ध नहुने बताए ।

दुवै विगत साढे दुई वर्षदेखि अलग बस्दै आएका थिए । यी दुईबीच ४.७५ करोडमा सम्झौता भएको खबर छ । युजवेन्द्र र धनश्रीको विवाह २२ डिसेम्बर २०२० मा भएको थियो ।

दुवै जना करिब एक घण्टा अदालतमा बसेका थिए । दुवैले अनुहारमा मास्क लगाएका थिए । धनश्रीले सेतो टप र निलो जिन्सको साथ कालो रंगको सनग्लास लगाएकी थिइन् । दुवैले मिडियासँग कुरा गरेनन् । कुनै बयान नदिई अदालत भित्र पसे ।

धनश्री वर्माले झलक दिखला जा–११ को एपिसोडमा युजवेन्द्र चहलसँगको आफ्नो प्रेमकथाको खुलासा गरेकी थिइन् । उनले लकडाउनको समयमा चहलले कसरी डान्स सिक्न आफूसँग सम्पर्क गरेको बताए । यसपछि धनश्री उनलाई नृत्य सिकाउन राजी भइन् । पछि दुवै एक अर्काको प्रेममा परे ।

सन् २०२३ मा युजवेन्द्र चहलले आफ्नो सामाजिक सञ्जालमा एउटा स्टोरी सेयर गरेका थिए, जसमा लेखिएको थियो, नयाँ जीवन आउँदैछ । यसपछि अभिनेत्री धनश्रीले इन्स्टाग्राममा आफ्नो प्रयोगकर्ता नामबाट चहल उपनाम हटाएकी थिइन् ।

यसपछि उनीहरुको सम्बन्धविच्छेदको हल्लाले तीव्रता पाएको थियो । तर, क्रिकेटरले पछि सम्बन्धविच्छेदको खबरलाई अफवाह भनेका थिए ।

युजवेन्द्र अहिले भारतीय टोलिबाट बाहिर छन् । उनी २०२४ को टी–२० विश्वकप जित्ने टोलीमा थिए तर उनले एक खेल पनि खेल्ने मौका पाएनन् । उनले भारतका लागि जनवरी २०२३ मा अन्तिम ओडीआई खेलेका थिए भने अन्तिम टी–२० अगस्ट २०२३ मा खेलेका थिए । यसपछि पनि उनलाई पञ्जाब किङ्सले आईपीएल २०२५ को लिलामीमा १८ करोडमा किनेको थियो ।