२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से निरन्तर ओरालोतिर



अ+ अ-

काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।

आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ बराबरको कारोबार भएको हो ।

आज ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ । आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ । आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी छ दशमलव ९० प्रतिशतले बढेको छ ।