२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जटिल रोगको उपचारका लागि बीमाको विकल्प खोज्नुपर्छः स्वास्थ्यमन्त्री



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमाको दायरा पाँच लाख पुर्याए पनि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्टोकलगायत ठूला रोगको औषधि महँगो हुने भन्दै उपचारमा बीमा बाहेकको विकल्प खोज्नुपर्ने बताउनुभएको हो । उहाँले ठूला रोगको उपचार समयमा पाउन नसक्दा बिरामीको अङ्गभङ्ग वा मृत्यु समेत हुनसक्ने बताउनु भयो ।

उहाँले समयमा उपचार पाउन नसकेर मृत्यु भएको मृतकका परिवार थुप्रै समस्या लिएर मन्त्रालयमा आउने गरेको बताउनु भयो । राज्यले स्वास्थ्य सेवाका लागि उपयुक्त विधि र स्रोतको व्यवस्था नगरेकाले स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न कठिन भएको बताउनुभयो । नेपाली जनतालाई स्वास्थ्य सुविधा दिन बीमा नै एक मात्र विकल्प भएकाले बीमालाई व्यवस्थित गर्न आफूले काम गरी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बीमा बाहेक नेपाली जनतालाई स्वास्थ्य सुविधा दिने अर्को कुनै उपाय छैन ।

बीमा बाहेक स्वास्थ्यमा समाजवाद ल्याउने अर्को कुनै उपाय छैन । बीमा बाहेक संवैधानिक व्यवस्था जे हो आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने बीमा बाहेक संवैधानिक व्यवस्थालाई लागु गर्ने अर्को कुनै उयाय छैन । अहिले हामीसँग स्टोक भएको बिरामी समयमा उपचार पायो भने निको हुन्छ नत्र उसलाई प्यारालाइसिस हुन्छ, मृत्यु वरण गर्नुपर्ने हुन्छ । अनि कोही स्टोकको उपचार गर्दा घरबार सम्पत्ति सबै गयो त्यसपछि परिवारको अर्को सदस्य मन्त्रालयमा आउनु हुन्छ हाम्रो त सम्पूर्ण गुम्यो, बाँकी केही रहेन ।

अब हामी कसरी गुजारा गर्ने रु यस्ता थुप्रै समस्याहरु छन् । त्यसैले अब मन्त्री नै भएको कारणले न साधन स्रोतले भ्याउँछ, न देश अनुसारको विधि व्यवस्था गरिएको छ । अब मैले जादुको छडीले सबै समस्याको समाधान गर्न सक्ने स्थिति त हुँदैन त्यसैले यी सबै समस्या हल गरौँ भन्ने उद्देश्यका लागि बीमालाई व्यवस्थित गर्न खोजिएको हो । बीमा व्यवस्थापनको प्रक्रियामा हामीले काम गरी रहेको अवस्था छ । बीमा ५ लाखै पुगेपछि पनि स्टोक जस्तो समस्याको उपचार गर्न सजिलो हुँदैन किनभने यसको औषधि एकदमै महँगो छ । त्यसकारण यसका कुनै न कुनै ढंगबाट विकल्प खोजिनु पर्छ ।’

कार्यक्रममा मष्तिष्क पक्षघातको उपचारका लागि अमेरिकी सहयोगमा औषधि प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त औषधि मष्तिष्क पक्षघात भएको बिरामीलाई चार घण्टाभित्र इन्जेक्सनमार्फत् प्रयाग गर्नसके बिरामीको ज्यान जाने खतराबाट बचाउन सकिने मन्त्रालयको भनाइ छ ।