२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा भर्ना भएर युद्धमा मारिएका नेपालीका परिवार शव पहिचान र क्षतिपूर्ति दाबी गर्दै पुगे मस्को



अ+ अ-

काठमाडौं । रूसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धका क्रममा मारिएका नेपालीका परिवार शव पहिचान गर्न र क्षतिपूर्ति दाबी गर्न रुस गएका छन् । नेपालबाट बुधबार ६ जना मस्को गएका हुन् । सरकारी समन्वयमै पीडितहरु रुस गएका हुन् ।

सरकारी र कार्यालय प्रयोजन बाहेक अहिले नेपालीलाई रुस जान सरकारले नै रोक लगाएको छ । तर सेनामा भर्ना भएर मारिएकाहरूका परिवारलाई शव पहिचान र क्षतिपूर्तिको दाबी गर्न परराष्ट्र मन्त्रालयकै समन्वयमा रूस पठाइएको हो ।

रुस जानेहरुमा झापाका–२, सिन्धुपाल्चोकका–१, खोटाङका १, गोर्खाका १ र रूपन्देहीका १ जना छन् ।

अवैध बाटोबाट रूस पुगेर त्यहाँको सेनामा भर्ना भएका ४८ जना नेपालीको ज्यान गइसकेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ । तर मृतकको संख्या त्यसभन्दा बढी हुनसक्ने आशंका छ । यसरी युद्धमा मारिएकाहरूका परिवारले सहजै क्षतिपूर्ति नपाएपछि रूस नै जान बाध्य भएका हुन् । अहिले क्षतिपूर्ति खोज्दै रूस गएका अधिकांश मृतकका श्रीमती हुन् ।