२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरु- फोटो फिचर



अ+ अ-

काठमाडौं । लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव औपचारिक रुपमा शुरु भएको छ । पर्यटन,संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे र चिनियाँ राजदूत छन सोङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै राजदूत सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।कार्यक्रममा बोल्दै नेपालस्थित चिनियाँ राजदूत चेन सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।

महोत्सवको औपचारिक शुभारम्भ आज बिहान ७ बजेदेखि साढे ७ बजेसम्म लुम्बिनीको पवित्र मैदानमा गरिएको छ । बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको थियो । आजै दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौध्द विश्वविद्यालय र चीनको चङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान गरिँदै छ ।

भोलि बिहान साढे ६ बजेदेखि साढे ११ बजेसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथुन, साँझ ६ बजेदेखि ८ बजेसम्म लुम्बिनी शान्ति कन्सर्टको तालिका छ । चैत २४ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबारे सम्मेलन तथा बैशाख २८ गते शनिबारका दिन फोटो प्रदर्शनी राखिएको छ । चङ्ह्वा गुम्बा स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो । सोही दिन प्रार्थना समारोह र भोलिपल्ट बुद्ध जयन्तीको दिन समापन समारोहको आयोजना गरिने जानकारी दिइएको छ ।

यसअघि हिजो महोत्सवको स्वागतमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।