२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको आर्थिक वृद्धिबाट नेपालले लाभ लिन बिज्ञको सुझाव



अ+ अ-

काठमाडौं। नेपालले आर्थिक वृद्धि र भौतिक समृद्धिका लागि चीनको विकासबाट पाठ सिक्नुपर्नेमा विज्ञहरू तथा राजनीतिक नेताहरूले जोड दिएका छन्।

‘फ्रेन्ड्स अफ सिल्क रोड क्लब-नेपाल’ द्वारा बिहीबार आयोजित एक कार्यक्रममा उनीहरूले पछिल्लो चार दशकमा चीनले हासिल गरेको आर्थिक वृद्धिबाट नेपालले लाभ लिन सक्ने बताए।

कार्यक्रममा नेकपा (एमाले) स्थायी समिति सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले नेपाल-चीन सम्बन्ध विस्तार गर्दै दिगो विकासका नीति कार्यान्वयनका लागि साझेदारी बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘यसका लागि हामीले कूटनीतिक सम्बन्धलाई राजनीतिक तहबाट अझै बलियो बनाउनुपर्छ।’

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य तथा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले नेपाल र चीनबीच आर्थिक क्षेत्रको गहिरो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीनको आर्थिक उदय नेपालका लागि लाभदायक हुनसक्ने धारणा व्यक्त गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले चीनको प्रविधिगत विकासबाट नेपालले प्राविधिक ज्ञान लिँदै अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सीईडीएका कार्यकारी निर्देशक प्रा. डा. अर्जुन कुमार बराल र परराष्ट्र मामिला विज्ञ गोपाल खनालले चीनको आर्थिक वृद्धि, औद्योगीकरण, आधुनिकीकरण, सुशासन र सुधारका रणनीतिबाट नेपालले सिक्नुपर्ने बताउनु भयो।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब(नेपालका महासचिव डा। कल्याणराज शर्माले चीनसँग लगानी साझेदारी बढाउनु आवश्यक रहेको भन्दै नेपालले चीनबाट ठूलो परिमाणमा वैदेशिक लगानी भित्र्याउन सक्ने बताउनु भयो ।

 

 

 

 




भर्खरै