२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पीएसजीको प्रवेश



अ+ अ-

लिस्बन । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाटकीय पुनरागमनपछि बुधबार एटलान्टामाथि  २–१ जित रच्दै युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ । हारको निश्चित संघारमा रहेर पीएसजी जित निकाल्न सफल रहेको हो । इटालीको एटलान्टाले २७ औं मिनेटमा मारियो पासालिचको गोलले अग्रता लिएको थियो । दर्शनविहीन स्टोडियो डा लुजमा मारक्विन्होसले ९० औं मिनेटमा बराबरी गोल फर्काए । इन्ज्युरी समयको तेस्रो मिनेटमा सब्टिच्युट चोउपो मोटिङ गोल गरे ।

यससँगै प्रतियोगितामा एटलान्टाको प्रभावशाली यात्रामा पनि पूर्णविराम लागेको छ भने पीएसजी २५ वर्षयता पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । फ्रान्सेली च्याम्पियन पीएसजी युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा सेमिफाइनल पुगेको यो सन् १९९५ यता पहिलो पल्ट हो । अब फाइनल प्रवेशका लागि उसले आरबी लाइपजिग र एटलेटिको म्याड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

कतारले एक दशक अगाडि पीएसजीमा स्वामित्व लिएयता क्लब क्वाटरफाइनल चरण भन्दा माथि पुगेको पनि यो पहिलो पल्ट हो ।