२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै कामपा



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले यही चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गर्ने भएको छ ।

कामपा स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा परीक्षण र उपचार सञ्चालन गर्ने जनाएको छ ।  गत वर्ष वैशाख १२ गते गरिएको परीक्षणमा छुटेका प्रजनन उमेरका महिला र परीक्षणका क्रममा पोजेटिभ देखिएका महिलालाई लक्षित वर्गमा राखी यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट ‘रेफरल’ टिकट प्राप्त हुने बताउँदै उक्त टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जचाउन सकिने उहाँले जानकारी दिनुभयो ।

भट्टले भन्नुभयो, “स्वास्थ्य प्रवर्द्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकाले जचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने र रेफरल टिकट लिने प्रबन्ध गरिएको हो ।”

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुनेछ । “प्रारम्भिक जाँचका क्रममा शङ्का लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० देखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डिएनए पिसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ”, उहाँले भननुभयो ।

कामपाका मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) पाँचदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । तीसदेखि ६० वर्ष समूहका महिलाले हरेक पाँच वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

एक जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्क भएका, एचआइभीजस्ता यौनजन्य सङ्क्रमण भएका, एचपिभीको सङ्क्रमण देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलालाई पाठेघरको मुखको क्यान्सरको हुने जोखिम हुने न्यौपानेले बताउनुभयो । कामपाले गत वैशाखमा पनि निःशुल्क परीक्षण  सञ्चालन गरेको थियो ।रासस




भर्खरै