२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ



अ+ अ-

महेन्द्रनगर। जिल्ला प्रहरी कार्यालयले चार सय ७७ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित लक्ष्मीनिया चोकमा प्रहरीले उक्त परिमाणको गाँजासहित मिनीट्रक र चालकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मधेस प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनीट्रक जाँच गर्दा ३४ वटा प्लास्टिकले बेरिएका पोकामा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो ।

आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बरामद गरिएको गाँजा, मिनीट्रक र पक्राउ परेका चालक मकवानपुर पालुङ नगरपालिका–२ फाँटबजार बस्ने २४ वर्षीय सञ्जिव सिन्तानलाई सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो । सिन्तानलाई जिल्ला प्रहरी कार्यालयमा राखेर यस विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी, धनुषाको मुसहर्निया गाउँपालिका–६ बैरिया टोल बस्ने भजु यादवको गोठमा भन्सार छली, तस्करी गरी लुकाएर राखिएको रु १९ लाख ६२ हजार पाँच सय मूल्य बराबरको जुत्ता, मोबाइलको टेम्पल ग्लास, एयरफोन र चार्जर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ कदम चोकबाट शिवम साहको डेराबाट रु नौ लाख ८० हजार एक सय २० सहित विभिन्न बैंक खाताको चेकबुक २४ थान, विभिन्न बैंकमा नगद जम्मा गरेको बैंक भौचर ८० थान, सात थान मोबाइल, मोटरसाइकल एक थानसहित अन्य सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तिवारीले जानकारी दिनुभयो ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय रवी साह र जनकनन्दिनी गाउँपालिका–२ बस्ने २२ वर्षीय अब्दुलकवारी शेखसँग रु नौ लाख नगद, दुई थान मोबाइल र एक थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । रासस