२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग भयो: नेता घिमिरे



अ+ अ-

काठमाडौँ। नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग गरिएको आरोप लगाउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको संघको अधिवेशनमा पार्टीका साथीहरुलाई प्रहरीको घेराबन्दीमा राखेर निर्वाचन गराईएको उहाँले आरोप लगाउनु भएको छ ।

यो कार्यले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको नाजुक अवस्थालाई उजागर गरेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले यस्तो अनुचित निर्वाचन गराउने निर्देशक समिति र अग्रगामी नारा उराल्ने पार्टी नेताहरुप्रति गम्भीर खेद प्रकट गर्दछु भन्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-आफ्नै पार्टीका साथीहरू बिकास थापा र कल्पना खड्का लगायतलाई प्रहरी घेराबन्दीमा राखेर गरिएको नेपाल लोकतान्त्रिक अपांग संघको निर्वाचन आपत्तिजनक छ।यसले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको नाजुक अवस्थालाई उजागर गरेको छ। यस्ता कार्यले मौजुदा प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ। अब नयाँ दृष्टिकोणबाट पुनर्विचार गरिनेछ। यस्तो अनुचित निर्वाचन गराउने निर्देशक समिति र अग्रगामी नारा उराल्ने पार्टी नेताहरुप्रति गम्भीर खेद प्रकट गर्दछु।