२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

शनिबारदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन–२०८१’ को समापन सत्रमा उहाँले मुलुकभित्र भएको स्रोतसाधनको सही सदुपयोग गरी न्यायोचित वितरणमा लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री खड्काले सबै राजनीतिक दलको साझा धारणा मुलुकलाई जलस्रोेतमार्फत समृद्ध बनाउने भएकाले सम्मेलनमा उठेका सुझावलाई सरकारले ग्रहण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सम्मेलनमा हिमनदीको संरक्षण, एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन र जनसहभागिता, अन्तरदेशीय सहकार्य, बृहत् आयोजनाबाट हुनुपर्ने सेवा प्रवाह, जलस्रोतको बहुउपयोग र जलवायु परिवर्तन, कृषि उत्पादकत्व, खानेपानी र सरसफाइ, जलस्रोतको उपयोगका विषयमा गहन छलफल भएको छ । यसलाई मार्गदर्शनका रूपमा स्वीकार्दै कार्यान्वयन गर्न मन्त्रालय लाग्नेछ”, उहाँले भन्नुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले दुई दिने सम्मेलनले गरेको प्रतिबद्धतालाई आयोगले कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले पानीमार्फत मुलुकमा रोजगारी सिर्जना गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनले नौ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । रासस