२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई अनुगमनका नाममा रमिता



फोटो : सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई जारी छ । अभिभावकहरु आफ्ना बालबालिकाले परीक्षा कस्तो गरेका छन् भन्नेमा कौतुहलतामा देखिन्छन् । विद्यार्थी पनि सकेसम्म राम्रो परीक्षा होस् भन्ने प्रयासमा छन् ।

एसईईलाई सहज, मर्यादित र व्यवस्थित बनाउन सहयोग पुर्‍याउन राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ । बोर्डले देशभरका परीक्षा केन्द्रमा अनुगमन समेत गरिरहेका छन् । त्यसका लागि उसले आफ्ना कर्मचारी र सरोकारवालाई तोकेको छ । परीक्षा अनुगमन गर्न अनुमति अनिवार्य छ । बोर्डबाट अनुमति लिएर परीक्षा अनुगमन गर्न पाइन्छ ।

एसईईको अनुगमन आधिकारिक व्यक्तिले मात्र गर्न पाउँछन् । तर परीक्षा केन्द्रहरुमा अनधिकृत व्यक्तिसमेत अनुगमनका नाममा पुगिरहेका छन् । विद्यार्थीले शान्त वातावरणमा परीक्षा दिन पाउनुपर्नेमा अनावश्यक रुपमा अनुगमनका नाममा धेरैभन्दा धेरै व्यक्ति पुग्दा समस्या हुने गरेको छ । शान्त वातावरण खल्बलिन सक्छ ।

केही परीक्षा केन्द्रबाट त गुनासाहरु पनि आउन थालिसकेका छन् । अनुगमनका नाममा आधिकारिक व्यक्तिहरु बाहेक धेरै व्यक्ति परीक्षा केन्द्रहरुमा गएर परीक्षार्थीहरुको लेखन कार्यमा असुविधा भएको भन्दै गुनासो आएका हुन् । सामाजिक सञ्जालहरुमा पनि अनुगमनका नाममा भइरहेको भीडबाडका तस्बिर सार्वजनिक भइरहेका छन् ।

सामान्यत: परीक्षाको अनुगमन गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिका अधिकारिक व्यक्तिले पाउँछन् । तर अहिले कतिपय ठाउँमा यसबाहेकका धेरै व्यक्ति र समूह अनुगमनका नाममा विद्यालयहरुमा पुगिरहेका छन् । यसले परीक्षालाई व्यवस्थित, भयरहीत र शान्तपूर्ण वातावरणमा सञ्चालन गर्न अवोध सिर्जना भएको छ ।

अनुगमन र अवलोकनको नाममा परीक्षार्थीहरुलाई अनावश्यकरुपमा असहज हुने मानसिक तनाव दिने तवरबाट परीक्षा केन्द्रमा प्रवेश गर्ने कार्य गर्नु हुँदैन । यसरी अनधिकृत व्यक्ति परीक्षा केन्द्रमा पसेमा परीक्षार्थीको ध्यान भंग हुने मात्र होइन, परीक्षाको गोपनियतामाथि नै प्रश्न उठ्छ । विद्यार्थीको भविष्य निर्धारण गर्र्ने परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन विद्यार्थी, अभिभावक, विद्यालय मात्र नभएर समुदाय र सरोकारवालाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।