२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्ट र युरोपेली संघका शिर्ष कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह



अ+ अ-

एजेन्सी । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ ।

कायरोमा युरोपेली संघका शिर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकहरू विरुद्ध इजरायली सैन्य कारबाही पुनः शुरु गर्ने कुरालाई अस्वीकार गर्नुभयो । सबै (इजरायली) बन्दीहरूलाई रिहा गर्ने एक मात्र तरिका वार्ताको टेबलमा फर्कनु र युद्धविराम सम्झौताको पालना गर्नु रहेको बताउनु भयो ।

उहाँले जनवरी १९ मा लागू भएको प्रारम्भिक गाजा युद्धविराम सम्झौताको दोस्रो चरणतर्फ द्रुत गतिमा अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।