२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको पीएन क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुको अग्रता



अ+ अ-

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियू निर्वाचनको मतगणना जारी रहेको छ ।

सोमबार बिहान साढे ९ बजेदेखि सुरू भएको मतगणनामा २ सय मत गणना हुँदा अनेरास्ववियुले अग्रता कायम गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ८७ मतसहित अग्रता लिँदा
दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपानेले ३८ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४ र अखिल क्रान्तिकारीका नविन अधिकारीले १७ मत पाएका छन् ।

आईतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ र समानुपातिकतर्फ २ हजार ८ सय ९२ मत खसेको निर्वाचन समितिले जनाएको छ । ९ हजार २७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको थियो ।