२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठकः गभर्नर सिफारिस गर्न समिति गठन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन् । एकजना मन्त्रीले दिएको जानकारी अनुसार आजको बैठकमा प्रधानमन्त्रीजीले समितिको संयोजकमा अर्थमन्त्रीलाई तोकेका र सोही बैठकबाट थप दुई जनालाई सदस्य राखिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ सकिन लागेकाले सरकारले नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको हो ।