२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल’ यही चैत्र २४ देखि



फाइल फोटो
अ+ अ-

भोजपुर। भोजपुर सदरमुकाममा यही चैत्र २४ गतेदेखि मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

कोशी प्रदेश सरकारको प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रदेश सरकारबाट प्रतियोगिताका लागि रु २० लाख रकम प्राप्त हुनेछ ।

जिल्ला भलिबल सङ्घ भोजपुरको आयोजनामा स्थानीय टुँडिखेलमा करिब रु ४५ लाख लागतमा सञ्चालन हुने प्रतियोगितामा सात वटै प्रदेशका टिमको सहभागिता हुने आयोजक संस्थाका महासचिव सङ्ग्राम किराँतीले जानकारी दिनुभयो । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।

यहाँका भोजपुर, षडानन्द नगरपालिका, साल्पासिलिछो, अरुण, पौवादुङमा, आमचोक, हतुवागढी, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकाको सहप्रायोजन रहने प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ७५ हजार, तेस्रो हुनेले रु ८० हजार र चौथो हुने प्रदेशको टिमलाई पुस्कार प्रदान गरिने जिल्ला भलिबल सङ्घका अध्यक्ष वीन्द्रकुमार तामाङले जानकारी दिनुभयो । उत्कृष्ट पाँच विधामा  रु ५० हजार, सर्वोत्कृष्ट विधालाई रु २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने छ ।