१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वले सामाजिक एकता कायम गर्छ: मुख्यमन्त्री गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउने बताएका छन् । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे २०७७ को उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले सो कुरा उल्लेख गरेका हुन् ।
 
नेपालमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको उल्लेख गर्दै यस पर्वले पनि विविध धर्म, संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन् ।
 
गुरुङ समुदायमा चैत महिनाको अन्तिम मङ्गलबार उधौली र साउन महिनाको अन्तिम मङ्गलबार उभौलीका रूपमा वर्षको दुईपटक विभिन्न कार्यक्रम गरेर ट्होटे पर्व मनाउने प्रचलन छ । परापूर्वकालमा ग्रामीण भेगमा भूतप्रेत भगाई बैरी शत्रु नलागोस् र खेतीपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाउन शुरु गरिएको धार्मिक मान्यता पाइन्छ । सोही अवसरमा लामो समयदेखि जारी बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन मुख्यमन्त्रीले अपिल गरेका छन् ।