२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सरी व्यवसायबाट जीविकोपार्जन



अ+ अ-

कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो ।

केही समय पहिले विश्वकर्माले काठमाडौँमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय सुरु गर्नुभएको हो । उहाँले वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आउनुभएको छ । हालसम्म रु ५० लाख लगानी भएको बताउँदै उहाँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएको जानकारी दिनुभयो ।

उहाँको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन् । परिवारको सम्पूर्ण लालनपालनका साथै छोराछोरीको शिक्षादिक्षा यसै व्यवसायबाट धान्दै आएको उहाँले बताउनुभयो । व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक रु १२ हजारका दरले तलब दिँदै आएको विश्वकर्माले जानकारी दिनुभयो ।

“अन्य व्यवसायभन्दा यो व्यवसाय अलिकति जोखिम छ”, उहाँले भन्नुभयो, “कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गर्दछ, जसले गर्दा घाटा व्यवहोर्नुपर्ने हुन्छ ।”

धन आर्जन गर्न विदेश मात्र नभई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मान्यताबाट व्यवसाय सुरु गरेको विश्वकर्माले बताउनुभयो । नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा ल्याएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो । केही बिरुवा नर्सरीमा आफैँ उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । रासस