२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाइट हाउस अगाडि गोली चल्यो



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको जानकारीपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो ।

पत्रकार भेटघाट चलिरहेकै बेला सुरक्षाकर्मीले ट्रम्पलाई जानकारी गराएपछि उनी कार्यक्रम छाडेर बाहिरिएका थिए । केही समयपछि पुनः आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुलाई बाहिर गोली चलेको जानकारी दिए । ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो ।

ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर ती व्यक्ति घाइते भएका छन् । ट्रम्पले यो घटनालाई असामान्य स्थिति भनेका छन् । यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट कडा सुरक्षाका साथ निवास लगिएको थियो । राजधानी दैनिक