२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात



अ+ अ-

पर्सा। वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, रु चार अर्ब ८८ करोड बराबरको जुस र रु तीन अर्ब ६८ करोड मूल्य पर्र्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।