२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा



अ+ अ-

डुसलडोफ । बेल्जियमका फरवार्ड रोमेलु लुकालुले सोमबार इन्टर मिलानलाई युरोपा लिगको सेमिफाइनल प्रवेश गर्न निर्णायक खेल प्रदर्शन गरेका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा इन्टरले बायार लेवरसकुसनलाई २–१ ले हरायो । 

निकोलो बारेलाले १५ औं मिनेटमा इन्टरलाई सुरुवाति अग्रता दिलाए । त्यसको ६ मिनेटपछि बेल्जियमका खेलाडी लुकाकुले दोस्रो गोल थपे । जर्मन टिमका लागि काइ हारभटेजले एक गोल फर्काए ।

लुकालुले युरोपा लिगमा लगातार नवौं खेलमा गोल गरेका हुन् र उनी यस्तो उपलब्धि हात पार्ने पहिलो खेलाडी हुन् । अब अन्तिम चारमा इन्टरको प्रतिद्वन्द्वी मंगलबार साख्तर डोनेस्क र एफसी बासेलबीच खेलले निर्धारण गर्नेछ ।