२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलबाराही हत्या प्रकरणः हत्या आरोपी पक्राउ



अ+ अ-

काठमाडौं । मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोटको पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई पक्राउ गरिएको छ ।

राईको हत्या आरोपमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगरलाई पक्राउ गरिएको भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानले जानकारी दिए ।

१०० रुपैयाँमा विवाद हुँदा हिमालले ओमप्रकाशको हत्या गरेको पाईएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए । प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

आइतबार बिहान निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा कवाडी संकलक ओमप्रकाश मृत भेटिएका थिए । उनको दाहिने कानको छेउ र टाउकामा चोट लागेको अवस्थामा पाईएको थियो । यसतै, प्रहरीले घटनास्थलबाट रगत लतपतिएको ढुंगा समेत फेला पारेको थियो ।