२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा (साविकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका–४ स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्युभएको थियो । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ नागार्जुन–१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही घटनाको अनुसन्धानका क्रममा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकालाई आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेमा २१ वर्षीय आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौँको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई–११ का २० वर्षीय डेनियल विश्वकर्मा, बागमती–५ सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका–७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका–१ का २२ वर्षीय रन्जित श्रेष्ठ रहेका छन् ।

यसैगरी ताप्ली गाउँपालिका–७ उदयपुरका २० वर्षीय साङ्गे तामाङ, काठमाडौँ नागार्जुन–९ स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका–७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौँको दक्षिणकाली नगरपालिका–१ का २२ वर्षीय डेबिड घले रहेका प्रवक्ता बोहराले बताउनुभयो ।रासस