२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक आधा घण्टापछि बस्ने गरी स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आधा घण्टापछि बैठक बस्नेगरी स्थगित गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिएका थिए ।

बस्नेतले सरकारले नेपाल विद्युत प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाए ।

दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएको कारण नदिएसम्म संसद् चल्न नसक्ने उनले बताए ।

बस्नेतले आफ्नो भनाई राखेपछि सभामुखले सभा अगाडि बढाउदै गर्दा प्रतिपक्ष दलहरुले विरोध गरिरहे सभा अगाडि बढाउन पटक पटक आग्रह गर्दा पनि उनीहरुले अवरोध गरिरहेपछि सभामुखले बैठक आधा घण्टापछि बस्ने गरी स्थगित गरेका हुन् ।