काठमाडौं । आइतबार प्रतितोला ९ सयले घटको सुनको मूल्य सोमबार २ सय रुपैयाँले घटको हो। सोमबारका लागि सनुको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ तय भएको छ।
यसअघि आइतबार सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सनुको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि सोमबार प्रतितोला १५ रुपैयाँले घटको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ तय भएको छ। यसअघि आइतबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।







