२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखद्वारा अवरुद्ध संसद् बैठक सञ्चालन गर्न छलफल



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न राजनीतिक दलका सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पाँच दलका नेताहरुसँग छलफल गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकराण्का कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । विपक्षी दलको अवरोधपछि सभामुखले बैठक केही समयका लागि स्थगन गरेर संवाद सुरु गर्नुभएको हो ।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु सहभागी हुनुहुन्छ ।