२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीएम योगी आदित्यनाथको कथामा फिल्म



अ+ अ-

एजेन्सी । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको बायोपिकको फर्स्ट लुक सार्वजनिक भएको छ ।

सिनेमेटिक्सले ‘अजेयाः द अनटोल्ड स्टोरी अफ अ योगी’ को पहिलो लुक सार्वजनिक गरेको छ ।

यो मोशन पोस्टरले योगी आदित्यनाथको परिवर्तनशील जीवनको झलक प्रदान गर्दछ, उनको आध्यात्मिक र राजनीतिक मार्गलाई आकार दिने फैसलालाई पनि दर्शाउँछ ।

फिल्मले योगी आदित्यनाथको प्रारम्भिक वर्षहरू, नाथपंथी योगी बन्ने उनको निर्णय र उत्तर प्रदेशको सामाजिक–राजनीतिक परिदृश्य परिवर्तन गर्ने नेताको रूपमा उनको विकासलाई देखाउनेछ ।

सम्राट सिनेमेटिक्सको ब्यानरमा रितु मेंगीले निर्माण गरेको फिल्मलाई रविन्द्र गौतमले निर्देशन गरेका हुन् । यो फिल्म शान्तनु गुप्ताको सर्वाधिक बिक्रित पुस्तक ‘द मोंक हु बिकम चीफ मिनिस्टर’बाट प्रेरित रहेको छ । चलचित्रमा नाटक, भावना, एक्सन र त्यागको उत्कृष्ट मिश्रण देख्न सकिनेछ ।

चलचित्रमा अनन्त जोशीले योगी आदित्यनाथको भूमिका निर्वाह गरेका छन् भने परेश रावल, दिनेश लाल यादव ‘निरहुआ’, अजय मेंगी, पवन मल्होत्रा, राजेश खट्टर र गरिमा सिंहको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

यो फिल्म यसै वर्ष हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा रिलिज हुनेछ, यद्यपि यसको रिलिज मिति भने खुलाइएको छैन ।

 




भर्खरै