२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भयो संसद् बैठक



photo: rss
अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । १७ गते (आइतबार) ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको थियो ।

तर, सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुट्न सकेन ।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन् ।

तर, प्रधानमन्त्री ओली भने जवाफ दिने पक्षमा छैनन् ।