६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेमा दुर्गा प्रसाईंको ताण्डव



अ+ अ-

काठमाडौं । राजा फर्काउने आन्दोलनको अग्रपंक्तिमा देखिएका दुर्गा प्रसाईंलाई नेता मान्ने कि नमान्ने भन्ने विवाद चल्यो राप्रपामा । राप्रपा नेपालमा हिन्दू अधिराज्य र राजसंस्थाको पक्षमा वकालत गर्दै आएको पार्टी हो । साथै वर्तमान गणतान्त्रिक संविधानको व्यवस्था बमोजिम राप्रपा अहिलेको संसदमा पनि छ । साथै यसै संविधानलाई स्वीकार गरेर सो पार्टी पटक पटक संसद र सरकारमा गएको पनि छ । त्यसैले राजा फर्काउने आन्दोलनको नेता दुर्गा प्रसाईलाई स्वीकारेन ।

तर पूर्वराजा ज्ञानेन्द्रले भने उनलाई रोजे । सुरुमा ८६ बर्षिय पूर्व पञ्च नवराज सुवेदीलाई छानेका राजाले आन्दोलनको जनआन्दोलनको कमाण्डर नै प्रसाईंलाई अघि सारे । त्यसपछि सुरु भयो आजको आन्दोलन ।

आज सरकारले तोके अनुसार राजसंस्था पुनस्र्थापनाको माग राखेर तीनकुनेमा बिहानदेखि नै नाराजुलुस सुरु भयो । तर नाराबाजीकै क्रममा जब सो आन्दोलनका कमान्डर दुर्गा प्रसाईं आए, तब उत्तेजक हुन पुग्यो स्थिति । आन्दोलनका रुपमा अघि बढ्ने र भाषण पनि गर्नेगरी बनाइएको मञ्च एकैछिनमा खाली हुन पुग्यो । सभा बिथोलियो । मानिसहरु उनलाई देखेपछि थप उत्तेजक हुन थाले र प्रहरीमाथि ढुंगामुढा गर्न थाले । पछि पछि त स्थिति यस्तो भयो कि ढुंगा हान्न नपुगेर व्यक्तिका घरमा आगो समेत लगाउन उद्धत भए आन्दोलनकारी ।

संयोगबस हो या नगएकै हुन् राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेता देखिएनन् । अघिपछि कमै जाने कोही नेता त आज संसदतिर पनि थिए ।

प्रसाईंको विगत र वर्तमानप्रति परिचित राजेन्द्र लिङदेनले त त्यो आन्दोलन राप्रपाको नभएको पटक पटक भनिरहेकै थिए । पूर्वराजा ज्ञानेन्द्रले प्रसाईंलाई धेरै नै विश्वास गर्न थालेकाले उनी र राप्रपाका नेताहरु क्षुब्ध पनि छन् ।

हिजोका दिनमा माओवादी, एमाले हुँदै अहिले पूर्वराजा ज्ञानेन्द्रको नजिकमा पुगेका प्रसाईंको नेतृत्वमा आज तीन कुनेमा ताण्डव मच्चिएको छ । बैंकबाट खाएको ऋण तिर्न पर्दैन भनेर सुरुमा र अहिले राजा आएपछि देश समृद्ध बन्ने तथा कोही पनि बेरोजगार बस्नु नपर्ने प्रचार गरेर सदैव खराब चर्चामा रहन रुचाउने उनी समय समयमा सामाजिक भड्काउमा लाग्ने गर्दछन् । आजको आन्दोलनमा मच्चिएको हिंसा पनि यसैको परिणाम हो ।

हिजो बिहीबार मात्र पनि प्रेसमिट गर्नुअघि नवराज सुवेदी र प्रसाईंले पूर्वराजा शाहलाई निर्मल निवासमा भेटेका थिए । उनीहरुले राजासँग सल्लाह भएको र आजकै आन्दोलनबाट राजालाई फर्काउने प्रचार गरिरहेका थिए । तर ८६ वर्षे नवराज सुवेदी र प्रसाईंप्रति भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल दुवै राजाकहाँ गएनन् किनभने उनीहरु दुवै असन्तुष्ट थिए ।

आज तीनकुनेमा भएको आन्दोलनको स्वरुप हेर्दा जनताको आन्दोलन भन्न लायक थिएन । कतै व्यक्तिका घरमा ढुंगामुढा गरेका थिए भने कतै आन्दोलनकै सहभागीका सुनका सिक्री लुटेकै थिए । त्यस्तै आन्दोलनमा सहभागीहरुले प्रहरीको बन्दुक खोसेर विजय मनाइरहेका पनि थिए । पछि पछि त यस्तो सम्म भयो कि उनीहरुले व्यक्तिका घरमा आगजनी नै गरे ।

प्रहरीले अश्रु ग्याँस त हान्यो तर पनि त्यसपछि उनीहरु झनै उत्तेजित भएका थिए । त्यहाँबाट अघि बढेको जुलुशले यता थापाथलीमा कान्तिपुरको कार्यालयमा समेत ढुंगामुढा गरेको थियो ।

यो अराजकताको जिम्मेवारी कसले लिने भन्ने भन्दा पनि के आफ्ना अधिकारका लागि गरिने सबै आन्दोलनहरु यस्तै प्रकृतिका हुने हो भने व्यक्तिका ज्यू ज्यान र सम्पत्तिको सुरक्षाकसरी होला भन्ने त्रास आजको ताण्डवले बढाएको छ ।