२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी २७ जिल्लामा अझै पुगेन नेपालको नयाँ नक्सा…



अ+ अ-

काठमाडौँ । सरकारले गत जेठ ५ गते अद्यावधिक नक्सा जारी गरेपछि नापी विभागले ४० हजार नयाँ नक्सा वितरण गरे पनि दुुर्गम जिल्लामा नक्सा पुुग्न सकेका छैनन् । विभागले ६० हजार नयाँ नक्सा छपाइ गरेको र त्यसमध्ये ४० हजार नयाँ नक्सा वितरण गरिसकेको हो ।

हालसम्म विभागले ५० वटा जिल्लामा नयाँ नक्सा पुर्याइसकेको छ भने बाँकी २७ जिल्लामा अझै नक्सा पुुग्न सकेका छैनन् । दुर्गम जिल्लामा भने कोरोना भाइरस (कोभिड–१९) र यातायातको असुविधाका कारण पुर्याउने क्रममा रहेको जनाइएको छ । विभागले हालसम्म सङ्घीय सरकारका सबै मन्त्रालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सातवटै प्रदेश सरकारका मन्त्रालय, विभाग, ७५३ वटै स्थानीय तहको कार्यालयमा नयाँ नक्सा पुर्याइएको जनाएको छ । त्यसैगरी सबै संवैधानिक निकाय, न्यायालय, त्रिभुवन विश्वविद्यालय, बैङ्क, सुरक्षा निकायमा नयाँ नक्सा पुर्याइएको छ ।

विभागले कतिपय कार्यालयमा विभागका आफ्नै कर्मचारी पुगेर नक्सा वितरण गरेका छन् भने अधिकांश कार्यालयमा भने जिल्लास्थित नापी कार्यालय मार्फत र स्थानीय तह र तिनका वडामा सम्बन्धित प्रदेश सरकार मार्फत नयाँ नक्सा पु¥याइएको जनाएको छ । जिल्लास्थित नापी कार्यालय र स्थानीय तह मार्फत वडा कार्यालयमा नयाँ नक्सा पु¥याउन आग्रह गरिएकाले कतैकतै कार्यालयमा भने नयाँ नक्सा पुग्न बाँकी रहेको हुन सक्ने विभागका सूचना अधिकारी एवं निर्देशक दामोदर ढकालले जानकारी दिए ।

सरकारले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटिएको नयाँ नक्सा स्वीकृत गरेको हो । त्यसको दुुई दिनपछि जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नयाँ नक्सा सार्वजनिक गरेका थिए । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक उद्घाटन गरेपछि नेपालले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो । गोरखापत्र दैनिक